Monday 7th September 2026

गजल -राम भण्डारी


घाम छाँया बिच पनि चल्दो रहेछ जिन्दगी ।
बेमौसमी फल जस्तै फल्दो रहेछ जिन्दगी ।।

भाग्यले साथ छोडे जस्तै बिस्तारै बिस्तारै
स्वचालित हुँदै बाटो बदल्दो रहेछ जिन्दगी ।

सत्कर्म गरौ आज भोलि लाई भन्दा भन्दै
तृष्णा अधुरै छाडेर गल्दो रहेछ जिन्दगी ।

निष्पट्ट कहाली लाग्दो रातहरू चिर्दा चिर्दै
मैन को शिखा जस्तै जल्दो रहेछ जिन्दगी ।

महशुस मात्र हुनेछ देखिन्न त्यो भित्र-भित्रै
धुवाँ बिना चिराग झैं बल्दो रहेछ जिन्दगी ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...