Friday 30th October 2026

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन


तीतोपाटी – निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’

संसद विघटन लगतै प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

ओली समूहले भने केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए ।  तर आयोगले दुबैको दाबी नपुगेको ठहर गरेको छ ।

यससँगै कानूनी रुपमा नेकपा एक नै मानिने छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै छन् भने केन्द्रीय कमिटी पनि दल दर्ता गर्दा कायम रहेको मात्र रहनेछ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं । न्यायालय नागरिकले अन्तिम भरोसा गर्ने संस्था हो। राज्यका अन्य निकायबाट न्याय नपाए अदालतको ढोका ढकढक्याउने नागरिकको विश्वास नै…

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

प्रतिकृयाहरू
...