Thursday 5th March 2026

दुबै मृगौला पीडित टोलमायाको भारतको अस्पतालमा आर्थिक अभावका कारण उपचारमा समस्या


बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ९, घट्टेचौर निवासी कुल बहादुर बि.क को छोरी वर्ष १७ की टोलमाया बि.क को दुबै मृगौला खराब भई किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा जीवन र मरणको दोसाँधमा छट्पटाई रहेकी छिन् । आर्थिक अभावका कारण उपचारमा थप समस्या भएको छ । उनको उपचारको लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

गत साल माघ महिनामा दुबै मृगौलाले काम गर्न छाडे पश्चात् काठमाडौं स्थित मनमोहन अस्पताल र वीर अस्पतालमा चार पटक सम्म उपचार गराउदा पनि स्वास्थ्य अवस्थामा सुधार नभए पछि आफन्तको सहायतामा किड्नी हस्पिटल एण्ड लाइफलाइन मेडिकल इन्स्टिच्युसन, जलन्धर, पञ्जाव (भारत) मा उपचारको लागि लगिएको छ । आर्थिक अभावका कारण उपचार समेत रोकिएको बाबा कुल बहादुरले बताउनु भएको छ । कुल बहादुर रोजगारीको सिलसिलामा साढे दुई वर्ष पहिले कुवेत जानु भएको छ ।

कुल बहादुरका अनुसार “घरको आर्थिक अवस्था पनि निकै कमजोर भएकोले घर परिवार पाल्नको लागि रोजगारीको सिलसिलामा साढे दुई वर्ष पहिले कुवेत आएको हो । यहाँ सामान्य कामदारको रुपमा काम गर्छु । सामान्य काम गर्दा यहाँ कमाई पनि धेरै छैन । मेरो कमाईले घर परिवार पाल्न समेत समस्या परेको बेला मलाई अचानक यति ठुलो बज्रपात परेको छ । म यहाँ धेरै अत्तालिएको छु । मेरो सामान्य कमाइले कसरी मैले  छोरीको उपचार गराउन सक्छु होला र ? डाक्टरले भन्नु भएको छ, दुबै मृगौला प्रत्यारोपण गर्नु पर्छ रे ! दुबै मृगौला प्रत्यारोपण गर्नको लागि त लाखौं रुपैयाँ चाहिन्छ । मेरो कमाइले छारीको लागि औषधी उपचार गर्न पनि कठिन परेको छ । कोरोना भाइरसले गर्दा केही समय काम पनि चलेन, कमाइ पनि भएन, त्यो समयमा पनि निकै समस्या परेको थियो । मेरो छोरीको जीवन रक्षाको लागि देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट सक्दो आर्थिक सहयोगको अपेक्षा गर्दछु”।

यदी तपाईहरु पनि दुबै मृगौला पीडित टोलमायाको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न चाहानु हुन्छ भने सिधै निम्न सम्पर्क नम्बर र उनकी आमा रिनदेवी बि.क काे नाममा प्रभु बैंक लिमिटेड शाखा कार्यालय बुर्टिवाङमा रकम पठाउन सक्नुहुनेछ ।

खातावालाको नाम: रिनदेवी बि.क

खाता न.: 0370150775500019

सम्पर्क नम्बर: 9867520892, 9860867668, 9860359024, 9869431378


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...