Saturday 5th July 2025

प्रचण्ड-नेपाल समुहको आज काडमाडाैंमा शक्ति प्रदर्शन


तीतोपाटी – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल समूहले आज (शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। पुष्पकमल दाहाद प्रचण्ड र माधवकुमार नेपालको समूहले आज विभिन्न ठाउँबाट विरोध जुलुस निकाली रत्नपार्कमा सभा आयोजना गर्ने भएको छ । राजधानीका ९ ठाउँबाट विरोध जुलुस निकाल्ने तयारी प्रचण्ड–नेपाल समूहको रहेको छ । विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

विभिन्न स्थानबाट निकालिने जुलुसको अगुवाइ गर्नका लागि उच्च तहका नेताहरुलाई खटाइएको छ । विहान १०:४५ सम्म तोकिएका आर्कमा पुग्न नेता कार्यकर्ताहरुलाई उर्दी जारी गरिएको छ ।

विरोध जुलुस र सभामा सहभागी गराउनेका लागि काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत नेता, कार्यकर्ताहरुलाई बोलाइएको छ सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

आजको शक्ति प्रदर्शनमा विभिन्न ९ स्थानबाट जुलुश निकालिने छ भने हरेक ठाउँबाट निस्कने जुलुशमा विभिन्न नेताहरूले नेतृत्व गर्नेछन् ।

माइतीघरबाट शुरू हुने जुलुशलाइ गणेश शाह, गिरिराजमणी पोखरेल, मातृका यादव, लीलामणि पोखेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताले नेतृत्व गर्नेछन् ।

चारखाल डिल्लीबजारबाट वर्षमान पुन, वेदुराम भुषालले जुलुशको नेतृत्व गर्नेछन भने लैनचौरबाट भीम रावल, शक्ति बहादुर बस्नेत, नन्दकुमार प्रसाईले जुलुश निकाल्नेछन् ।

त्रिपुरेश्वरबाट निस्कने जुलुशको नेतृत्व देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले र  कुपण्डोलबाट कृष्णबहादुर महरा, पम्फा भुषाल, रघुजी पन्त, नन्दकुमार थापाको नेतृत्वमा जुलुश निस्कनेछ भने  प्रदर्शनीमार्गबाट घनश्याम भुषाल, जनार्दन शर्माले नेतृत्व गर्नेछन् ।

त्रिचन्द्र कलेजबाट देवप्रसाद गुरुङ, रामकुमारी झाकी, लेखनाथ न्यौपाने, हितमान शाक्यले,  शान्तिबाटिकाबाट नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई र वाल्मिकी कलेजबाट अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णु पुकार श्रेष्ठले जुलुशको नेतृत्व गर्ने छन् । जुलुश रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...