Wednesday 24th April 2024

कुवेतका अमीरद्वारा प्रधानमन्त्रीकाे राजीनामा स्वीकृत


तितोपाटी- कुवेतमा गत सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले सरकारबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाह अल अहमद अल जाबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा पेश गरेका थिए ।

तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् । देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्बीच सम्वन्ध बिग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए ।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अब विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए । उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेत सरकारको नेतृत्व गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...