Thursday 17th September 2026

कुवेतका अमीरद्वारा प्रधानमन्त्रीकाे राजीनामा स्वीकृत


तितोपाटी- कुवेतमा गत सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले सरकारबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाह अल अहमद अल जाबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा पेश गरेका थिए ।

तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् । देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्बीच सम्वन्ध बिग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए ।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अब विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए । उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेत सरकारको नेतृत्व गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...