Monday 3rd August 2026

तहस-नहस राजनीति, शुभेच्छुक समेत अन्याेलमा


बि. आर. उप्रेती – हाम्रो देशमा यतिखेर स्वाभिमानी, निस्कलंक राष्ट्र र राष्ट्रिय हित चिताउने नेपालीहरुले असोचनिय राजनीति देख्दा अन्योलमा पर्नु स्वभाबिक हो । किनकी संघीय जन-गणत्न्त्रामक शासन व्यवस्थामा दलगत राजनीति तथा दलका राजनितिज्ञ अर्थात राजनेताहरुको चालामाला यस्तो देखा पर्यो कि दिन प्रतिदिन एकले अर्को उपर दोषारोपण थप गर्दैछन् । अब भने एक पक्षले अर्को पक्षको फोहोर निकालेर आफू चाहिँ सफा छु भन्न खोज्ने गरेको देख्दा ठिक हो सबै ठूला ठालुका करतुत् निक्लिने भए । सफा बस्नु ठिक मानिन्छ ।
भर्खरै केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी बिभाजनको बाटो अघि बढ्यो, नेपाल कम्युनिस्ट पार्टीहरु एकत्रित भयौं, नाम ने.क.पा.(नेपाल कम्युनिस्ट पार्टी ) राखियो भनी कम्युनिस्टका नेताहरूले सम्झौता गरि कम्युनिस्ट एकीकरणको देशभर सञ्चारका माध्यमले रमाइ रमाइ लेखी प्रचारप्रसार गरेको देख्दा नेपाली जनता कति खुशी भए ।हामीले कम्युनिस्टहरुलाई जनमत दिएर दुई तिहाई बहुमतको शासन वयवस्था संचालन गर्न दिएको सार्थक भयो भनी खुशी थिए, बल्ल अब चाहिँ साँच्चिकै गरिब शोषित, पीडित, मजदुर, कृषक, भुमिहिन सुकुम्बासीहरु लगायत सम्पुर्ण नेपाली जनताको सुख समृद्धिको दिन आयो भनी खुशी र हर्षित थिए नेपाली जनताहरु ।

यसरी ठुलो आस्था र विश्वास भएको राजनीतिक दल ने.क.पा भित्र कत्रो लडाइ ? पार्टी भित्र कुनै विषयका कुराहरु बिमती भएमा, नमिलेमा कसको गल्ती छ, सजायको भागिदार, आत्मालोचना कसले गर्नुपर्ने हो ? पार्टीको विधान पनि छ होलानी गल्ती गर्नेलाई कार्वाही गर्नु, त्यो विधिमा हिंड्न कोही नचाहने । ठुला ठुला ओहोदामा राजनीतिक नियुक्त गर्नुपर्दा आफ्नो मान्छेलाई मात्र राख्न खोज्नु अन्य विषयमा भागबन्डा नमिलेको पनि हुन सक्छ । पार्टी भित्रका चित्तबुझ्दो क्रियाकलाप नभई बेमेलका कारण पार्टी भित्र अन्तरविरोध सिर्जना भएर अहिले नेपाल कम्युनिस्ट पार्टी तहस-नहस हुँदैछ ।

यहि झैझगडाले अहिलेको प्रतिनिधीसभा विघटन, सरकारप्रति अविश्वास, पार्टी बिभाजन जस्ता दुर्भाग्यजन्य क्रियाकलाप नेपाली जनता र राष्ट्रले भोग्दै छ । अहिले राष्ट्रिय राजनीतिमा देखा परेका विषम् अवस्थाहरू भोग्नु पर्दा राष्ट्र छट्पटाहट अवस्थामा छ, जनता अन्योलमा छन् । भोलि के होला, के गर्दा ठिक हुने भन्ने जस्ता चिन्तन लिनुपरेको ठान्छन् नेपाली जनता ने.क.पा. पार्टी भित्रको अंतर्विरोधका कारणले । पार्टी बिभाजन, अल्पमत बहुमतको संख्यात्मक कुराहरू भए, पक्ष विपक्ष हुँदा को नेता, को कार्यकर्ता कुन पक्षमा लाग्ने जस्ता नराम्रा सोच विचारमा पुग्दैछन् । किन यसरी जाने ? यी कुस्ती खेल्ने ठुला नेताहरूले भने अनुसार नेपाली जनताहरुले अस्ति मात्र दुई तिहाइ मत दिई उभ्याई दिएका होइनन् र ? अहिले त्यो त्यत्रो अभिभारा लिएर बसेकाहरु आपसमा नमिलेका विषय मिलाउने कि झगडा गरि पार्टी फुटाउने ? अनि जनता समक्ष जान्छौं भन्छन् । मर्का पर्यो भने जनता सम्झिने, जनताले त मत दिएर पठाएको होनी झगडा गर्नु भन्दा अलि पहिला यो कुरा सोच्नु पर्दैन ? यसकारण यो पार्टी बिभाजन तहस-नहस भोग्नुपर्दा जनताहरुले धेरै चित्त दुखाएकाछन् । अझै भन्छन् ठूला नेताज्युहरु ! अहिलेसम्म केही बिग्रीसकेको छैन सबै पक्षका व्यक्तित्वहरु एकै ठाउँमा बसेर नमिलेका कुराहरु मिलाउनुस् र चित्त दुखाएका नेपाली जनताहरुलाई राहत दिलाउनु हुने आशा गर्छन् जनताहरु ।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...