Wednesday 22nd July 2026

यूएई सरकारद्वारा नयाँ वर्षको अवसरमा भिजिट भिसामा रहेकाहरुको एक महिना भिसा थप


तितोपाटी- यूएई सरकारले नयाँ वर्ष २०२१ को अवसरमा भिजिट भिसामा रहेका पर्यटकहरुलाई एक महिना भिसा समय अवधि थप गरिदिने निर्णय गरेको छ।यूएईका प्रधानमन्त्री तथा दुबईका शासक शेख मुहम्मद बिन रासिद अल मक्तुमले भिसा समय अवधि कुनै प्रशासनिक शुल्क विना आजदेखि एक महिना थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीलाई उदृत गर्दै गल्फ न्युजमा समाचार छापेको छ।

तर यो नियम भिसा समय अवधि भएको पर्यटकहरुको हकमा मात्र लागु हुनेछ।

विश्वका केही मुलुकहरुले आफ्नो हवाइमार्ग बन्द गरेकोले दुबई आएका पर्यटकहरु समयमा गन्तव्य देश फर्किन नसकेको समाचारमा उल्लेख गरिको छ। यो निर्णयले दुबई घुम्न आएका पर्यटक र तिनका परिवारलाई अंग्रेजी नयाँ वर्षको उपहार स्वरुप मिल्ने सरकारले बताएको छ।

उक्त निर्णयबाट दुबई भ्रमणमा आएका हजारौँ नेपाली लगायत अन्य देशका पर्यटकहरुलाई राहात मिल्ने अनुमान गरिएको छ।

रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...