Sunday 24th January 2021

नेका सभापति देउवाद्वारा प्रतिनिधिसभा विघटन विरूद्ध हुने प्रदर्शनमा सहभागी हुन सबैमा अपील


तीतोपाटी – संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा आव्हान गरेको विरोध प्रदर्शनमा सहभागिता जनाउनका लागि सभापति शेर बहादुर देउवाले अपील गरेका छन् । सभापति देउवाले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्धमा आव्हान गरिएको विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेका हुन् ।

विज्ञप्ती जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुष १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । त्यसमा सक्रिय सहभागिताका लागि म सबैमा हार्दिक अपील गर्दछु ।’

त्यस्तै, उनले संसद विघटनकै दिन आफूले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत् संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको बताएका छन् ।

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

देउवाले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।

यही पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री ओलीको यस कदमको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
सभापति देउवाद्वारा जारी अपील जस्ताको तस्तैः


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुका लागी उपलब्ध गरिने सिविल आइडी कार्डलाई कुवेत सरकारले रद्द गर्ने भएको छ। कुवेतस्थित आंतरिक मंत्रालयको उक्त…

तितोपाटी- कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ।आइतवार अर्थात भोली २४ जनवरीदेखी उक्त निर्णयको लागु…

गजल अर्कान : १२२२.२१२-१२२२.२१२ बहर: मुजारे महजुफ काफिया:अन/अन् रदिफ : कुनै उनी बोल्दा लाग्दथ्यो गरौँ आन्दोलन कुनै । जिताएथ्यौँ भोटले…

प्रतिकृयाहरू