Sunday 4th October 2026

गजल -टहल आचार्य


जनताको कमाईले साडी भोटो फेर्नेहरू ।
यिनै रैछन् वीरताको इतिहास केर्नेहरू ।।

मध्यावधी चुनाबका घोषणाका परमपात्र,
भोट माग्न हात जोड्दै फेरी गाउँ घेर्नेहरू ।।

हत्याहिंसा, भ्रष्टाचार, बलात्कार समेत गरि,
सोझालाई अपराधी सावित गर्न खेर्नेहरू ।।

गाँजा रोपी धर्म बेची तुलसी र पिपल मासी,
आमा लुटिएको क्षण त्यो समिता हेर्नेहरू ।।

को आफ्नो र को अर्को हो नभनेर कसैलाई,
चिल्ला चिप्ला कुरा गरी पाए गला सेर्नेहरू ।।

-टहल आचार्य
कालिञ्चोक-८, सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...