Wednesday 1st July 2026

कोरोनाबाट विदेशमा थप ११ जनाको निधन


तितोपाटी- कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत रहेको हो ।

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका सङ्ख्या ३१२ जनाको कोरोना सङ्क्रमणका कारणले निधन भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमशलगायत अंग्रजी नयाँ वर्षका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ । क्रिसमश र नयाँ वर्षका अवसरमा मानिस ठूलो सङ्ख्यामा उपस्थित हुने तथा समारोह गर्ने भएकाले त्यसबाट सङ्क्रमणको उच्च जोखिम रहने भएकाले त्यसो नगर्न समितिले आग्रह गरेको हो ।

महामारीको जोखिम कम नभएको र विशेषतः यूरोपेली मुलुकमा सङ्क्रमण अस्वभाविक रुपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताए ।

यसैबीच समितिले विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिसकेको र त्यहाँस्थित केही नेपालीले पनि खोप लगाएकाप्रति खुशी व्यक्त गरेको छ । यद्यपि खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौं देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सापकोटाले बताए । उनले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि सबैलाई आग्रह गरे ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

प्रतिकृयाहरू
...