Friday 30th October 2026

पछिल्लो २४ घण्टामा ८९९ जना संक्रमित थपिए, थप १५ जनाको मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख २५ हजार ८ सय ६० भएको छ । देशभर ५ सय १९ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ८९ पुगेको छ ।

हाल विश्वभर ७ करोड १७ लाख ८० हजार भन्दा बढि मानिस कोरोना संक्रमित भएका छन् भने त्यस मध्ये ५ करोड ३ लाख ८ हजार भन्दा बढिले कोरोनालाइ जितेका छन् र १६ लाख ७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...