Friday 9th October 2026

पछिल्लो २४ घण्टामा ८९९ जना संक्रमित थपिए, थप १५ जनाको मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख २५ हजार ८ सय ६० भएको छ । देशभर ५ सय १९ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ८९ पुगेको छ ।

हाल विश्वभर ७ करोड १७ लाख ८० हजार भन्दा बढि मानिस कोरोना संक्रमित भएका छन् भने त्यस मध्ये ५ करोड ३ लाख ८ हजार भन्दा बढिले कोरोनालाइ जितेका छन् र १६ लाख ७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...