Saturday 17th October 2026

पछिल्लो २४ घण्टामा १४७४ कोरोना संक्रमित थपिए, थप २९ को मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् भने हाल सम्म जम्मा १७ लाख ३७ हजार ७ सय ३७ जनाको पीसीआर परीक्षण गरि सकिएको छ । हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ भने क्वारेन्टिनमा ५३५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...