Friday 11th September 2026

कुवेत नेपाली एकता समाजले अनेयु संघका उपाध्यक्षको सवारी दुर्घटना र परिवारको मृत्यु प्रति शोक वक्तव्य निकाल्यो


तीतोपाटी – राष्ट्रिय जनमोर्चा नेपालको वैदेशिक भातृ संगठन कुवेत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको युवा दस्ता अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसी उपाध्यक्षकी श्रीमती, छोरी र चालकको मृत्यु तथा उपाध्यक्ष स्वयं गम्भीर घाइते भएको खबर प्रति गहिरो दुःख प्रकट गर्दै एक शोक वक्तव्य प्रकाशित गरि सार्वजनिक गरेको छ ।
समाजका महासचिव खुम रायममाझीद्वारा हस्ताक्षरित शोक वक्तव्यको अनुसार उक्त दुर्घटनामा पाैडिएर उपाध्यक्ष ज्यूले ज्यान बचाउन सफल भए पनि श्रीमती जमुना रोका, छोरी जेसिना रोका र चालक सुर्य केसिको उक्त दुर्घटनामा ज्यान गुमाएको प्रति सिंगो संगठन अत्यन्तै मर्माहत बनेको बताउँदै मृतकहरू प्रति भावपुर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।

उपाध्यक्ष रोकाको स्वास्थ्य अवस्था खतरामुक्त रहे पनि घाँटी र टाउकोको बिच भागमा पर्ने स्पाइनल कड मा फ्याक्चर भएको कुरा सि टि स्क्यानबाट पत्ता लागेको छ र खास समस्या भए नभएको एकिन गर्नका लागि एम आर आइ गर्ने तयारी भैरहेको जनाउँदै उपाध्यक्ष रोकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक सन्तप्त सबैमा गहिरो समवेदना प्रकट गरेको छ ।

स्मरण रहोस, अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष मुकुन्द रोकासहित परिवार चढेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान कुरिनटार नजिकैबाट त्रिशुलीमा खसेको थियो । प्युठानबाट उपचारका लागि बिरामी लिएर काठमाडाैं आउँदै गरेको भ्यान दुर्घटना हुँदा घाइते भएका राेकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको र सो दुर्घटनामा उनकी श्रीमती ३३ वर्षीया जमुना रोका र सवारी चालक २३ वर्षीय सूर्य केसी मृत अवस्थामा भेटिएका थिए भने वेपत्ता भएकी छोरी १५ वर्षीया जिनिसा रोकाको शब अझै भेटिएको छैन ।

सार्वजनिक गरेको शोक वक्तव्य जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...