Saturday 17th October 2026

कोरोना संक्रमणबाट २९३ जना नेपालीको विदेशमा मृत्यु, ४२८०३ जना संक्रमणमुक्त


तितोपाटी- कोरोना संक्रमण सुरु भएयता विभिन्न १९ वटा देशमा रहेका २९३ जना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिबार साँझसम्मको हो । समितिका अनुसार कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना, यूकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ ।

यस्तै विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५७८ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४२ हजार ८०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

समितिका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...