Friday 20th March 2026

हाम्रो गाउँघरमा पाइने जुनेलो कति पोषणयुक्त?


आर. बी. बुढाथोकी – पछिल्लो समय जुनेलोको खेती गर्नेको लहर बढेको छ । स्वास्थ्य बर्दक बाली जुनेलोकोको फाईदा बुझ्न थालिए पछी यसको ब्यबसायिक खेती हुन थालएको हो । रासायनिक मल, विषादीको बढ्दो प्रयोग र आयातित उन्नत जातका बीउको प्रयोग हुन थालेपछि जुनेलो लोप होला भन्ने डर पनि छ । माटोमा अम्लियपनको मात्रा बढ्दै जान थालेपछि रैथाने जुनेलोको उत्पादन ह्वात्तै घट्न सक्ने बिज्ञहरुको अनुमान छ । धार्मिक कार्य, पुजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागि समेत प्रयोग गरिने जुनेलो औषधि वनाउन समेत प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मुत्र तथा पेट सफा हुनुका साथै स्फुर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लाे समय नेपालका बिभिन्न क्षेत्रमा रहेका कृषकहरू जुनेलो खेती तर्फ आकर्षित बन्दै गएका छन ।

पहिला पहिला गाउ गाउमा जुनेलो धान भुटे झै भुटेर खानु बाहेक कुनै काम थिएन कि त जाड हाल्न काम लाग्थ्यो तर अहिले जुनेलोको माग जहाँ तही छ । जत्तिनै जुनेलो फलाए पनि बेच्नका लागि किसानलाई कुनै गार्हो छैन । होटल रेस्टुरेन्टमा पनि जुनेलोको बिभिन्न परिकार बन्न थाले पछी यसको महत्व झन बढ्न थालेको हो । हाडको भिरालो, खोरिया र रुखो बारीमा समेत सहजै उत्पादन गर्न सकिने भएपछि जुनेलोलाई खासै मेहनत पनि गर्नु पर्दैन।न्यानो हावापानी मन पराउने जुनेलो मकै जस्तै खाद्यान्न बाली हो।। वर्षा सुरु भएपछि कलिलो हरियो वा सुकाएर पनि पशु आहाराको रूपमा प्रयोग गर्न सकिन्छ।सुख्खा र चिस्यान दुवै सहन सक्ने हुदा समुन्द्री सतहबाट १५०० मिटरको उचाइ सम्म खेती गरिन्छ। यो बाली फागुन देखि मध्य साउनसम्म रोप्न सकिन्छ। जुनेलोको बैज्ञानीक नाम प्यानिकम मिलियासियम(Panicum miliaceum) हो ।

जुनेलोका अचुक फाईदाहरु
दुबै किसिमका डाइबिटिजका लागि जुनलो उत्तम अन्न हो ।
बाली लगाउन कुनै मेहनतको जरुरत पर्दैन ।
हाताहाती नगदेबालीको रुपमा जुनेलोलाई लिन थालिएको छ ।
जुनेलो सबैका लागि एक पोशिलो बाली मानिन्छ ।
मुटु सम्बन्धी समस्या निदानका लागि जुनेलो राम्रो मानिएको छ ।
ग्यालस्टोनका लागि पनि जुनेलो अमृत सरह मानिन्छ ।
बालबालिकामा हुने दम तथा धम्कीको रोगको लागि पनि जुनेलो राम्रो हुन्छ ।

के के बनाएर खान सकिन्छ जुनेलोबाट?

जुनेलो बहु उपयोगी अन्न मानिन्छ यसबाट धेरै परिकार बनाएर खान सकिन्छ । जुनेलोलाई सुकाएर भुटेर खादा पनि राम्रो मानिन्छ र स्वादिस्ट पनि हुन्छ । जुनेलोको पिठोको रोटी वा ढिडो बनाएर खादा पनि हुन्छ । जुनेलोको सुप बनाएर खादा पनि उत्तम र स्वास्थ्य बर्दक मानिएको छ । जुनेलोको परठा या सलाद पनि राम्रो बन्छ। भारततिर जुनेलोको उपमा,खिचडी या पोरिज पनि बनाएर खाने चलन छ । गहुको मैदाको बिकल्पको रुपमा पनि जुनेलोको पिठोलाई लिन सकिन्छ । र यसको पिठोबाट केक,कुकिज,पाउरोटी जे पनि बनाउन सकिन्छ । जुनेलोको खिर पनि शुद्द र चोखो मानिन्छ । हिन्दू धर्म अनुसार जुनेलो शुद्द अन्न मानिने हुँदा भुटेर पूजा आजामा चढाउन पनि प्रयोग गरिन्छ ।पछिल्लो समय जुनेलोलाई बिभिन्न होटल रेस्टुरेन्टको मेनुमा पनि पाउन सकिने भएकोले यसका परीकार धेरै बन्छन भनी सजिलै अनुमान लगाउन सकिन्छ ।दक्षिणी भारतमा जुनेलोका धेरै परिकारहरु पुट्टु,डोसा,उपमा,इटली,पुलाउ,पुवा निकै प्रख्यात छन ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...