Monday 26th October 2026

हर्मुज क्षेत्रमा तेल ट्यांकर आक्रमणबारे अमेरिका–इरानबीच विवाद


अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार पनामा झण्डा बोकेको एल गाइया नामक तेल ट्यांकरलाई गत महिना इरानी मिसाइलले आक्रमण गरेको थियो। त्यसपछि गत सप्ताहन्तमा ओमानको तट नजिक फेरि ड्रोन आक्रमण गरिएको सेन्टकमले जनाएको छ।

इरानी समाचार संस्था फार्सले भने ट्यांकर बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको र आगलागी भएको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय समुद्री निकायका अनुसार जहाज दुर्घटनाग्रस्त भए पनि कारण स्पष्ट हुन सकेको छैन।

उक्त जहाजमा रहेका १४ भारतीय चालकदलमध्ये १३ जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता रहेको बताइएको छ। घटनालाई लिएर अमेरिका र इरानले फरक–फरक दाबी गरेपछि क्षेत्रीय तनाव थप बढेको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...