Tuesday 27th October 2026

एसियाली खेलकुदमा नेपालको आज जापानसँग खेल


नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको आइचीस्थित कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा हुनेछ।

लगातार दोस्रोपटक एसियाली खेलकुद खेलिरहेको नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। विश्व वरीयतामा जापान छैटौँ र नेपाल ६९औँ स्थानमा रहेकाले नेपाललाई बलियो चुनौती रहने अपेक्षा गरिएको छ।

नेपाली टोलीको कप्तानी निरुता ठगुन्नाले गर्नेछिन् भने प्रशिक्षक जगदीश भट्ट रहेका छन्। नेपालले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...