युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन”युरोपियन सेक्युरिटी काउन्सिल” गठन गर्ने प्रस्ताव गरेकी छन्। उनले यो प्रस्ताव युरोपेली संसद्मा दिएकी हुन्।
प्रस्तावित परिषद्मा बेलायत, युक्रेन, क्यानडा र नर्वे जस्ता साझेदार देशहरूलाई पनि समावेश गर्ने योजना रहेको छ।
भोन डेर लेयेनले क्यानडालाई युरोपेली संघको पहिलो “एसोसिएट सदस्य” बनाउने सम्भावनाबारे पनि चर्चा गरिन्। उनका अनुसार युरोप र क्यानडाले लोकतन्त्र, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समान दृष्टिकोण राख्छन्।
उनले युक्रेनलाई आगामी जाडोयाममा थप मानवीय तथा सुरक्षा सहयोग उपलब्ध गराइने बताइन्। साथै, चीनसँगको व्यापार घाटा कम गर्न आवश्यक सबै उपाय अपनाइने पनि उनले उल्लेख गरिन्।
यसैबीच, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नयाँ जलवायु बीमा गठबन्धन स्थापना गर्ने र १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने प्रस्ताव पनि उनले अघि सारेकी छन्।