Tuesday 3rd November 2026

साउदी अरबको यान्बुबाट तेल लोडिङ रोकियो, विश्व बजारमा मूल्य बढ्यो


साउदी अरबको लाल सागरस्थित यान्बु बन्दरगाहबाट कच्चा तेलको लोडिङ अस्थायी रूपमा रोकिएको र युरोपतर्फ पठाउने केही सेप्टेम्बर अन्त्यका तेल ढुवानी रद्द गरिएको रोयटर्सले शिपिङ तथा व्यापारिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। यसअघि साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणपछि पाइपलाइन बन्द गरिएको थियो। त्यसको प्रभावसँगै मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ डलरले बढेको थियो।

पूर्व–पश्चिम पाइपलाइनले खाडी क्षेत्रबाट होर्मुज जलडमरूमध्य पार नगरी यान्बु हुँदै लाल सागरमार्फत तेल निर्यात गर्ने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा काम गर्दै आएको छ। यसबीच यमनका हुथीहरू लाल सागरको दक्षिणी क्षेत्रमा रहेको बाब अल–मन्देब जलडमरूमध्य नजिक पुगेपछि समुद्री यातायात र ऊर्जा आपूर्तिबारे चिन्ता थपिएको छ। रोयटर्सका अनुसार सेप्टेम्बरको सुरुवातमा यान्बुबाट दैनिक करिब ३७ लाख ब्यारेलसम्म कच्चा तथा संघनित तेल लोड भइरहेको थियो, तर पछिल्लो घटनाले साउदी तेल निर्यातमा थप दबाब सिर्जना गरेको छ।


सम्बन्धित शीर्षकहरु

कतारको मध्यस्थतामा तीन दिनसम्म छलफल; सम्झौताको मस्यौदा सुझावका लागि विभिन्न पक्षलाई पठाइयो, अर्को चरणको वार्ता सम्भव दोहा, २ नोभेम्बर। इरान…

विश्व लिलामी कीर्तिमान नेपालको नेवार कला हङकङ, २ नोभेम्बर। नेपालमा १२औँ शताब्दीमा निर्माण भएको भगवान् मञ्जुश्रीको ऐतिहासिक मूर्ति हङकङमा भएको…

इरानको दाबी र खाडी राष्ट्रहरूको प्रतिवाद इरानले क्षेत्रीय सैन्य कारबाहीलाई अमेरिकी सैन्य अखडाविरुद्धको प्रतिरक्षा भन्दै आएको छ। तर खाडी राष्ट्रहरूले…

प्रतिकृयाहरू
...