Tuesday 13th October 2026

चीनले समुद्रबाट एकैपटक ९ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो


चीनले सांघाई नजिकको समुद्री क्षेत्रबाट एकैपटक ९ वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

बुधबार बिहान ग्राभिटी–१ वाई३ रकेटमार्फत प्रक्षेपण गरिएका उपग्रहहरूमा छियानफान स्याटेलाइट समूहका नयाँ उपग्रह र एक प्रविधि परीक्षण उपग्रह समावेश छन्। यो अभियान ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रले सञ्चालन गरेको थियो।

चिनियाँ कम्पनी ओरियनस्पेसका अनुसार यस प्रक्षेपणले समुद्रबाट हुने चीनको एकल प्रक्षेपणमा सबैभन्दा बढी भार र उच्च कक्षामा उपग्रह पुर्‍याउने नयाँ कीर्तिमान बनाएको छ।

उपग्रहहरू करिब ८०० किलोमिटर उचाइको कक्षामा स्थापित गरिएको र अभियान पूर्ण रूपमा सफल भएको जनाइएको छ। यसले चीनको व्यावसायिक अन्तरिक्ष कार्यक्रम र स्याटेलाइट इन्टरनेट सञ्जाल विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिएको छ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...