अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब २.८ अर्ब अमेरिकी डलरको यस प्याकेजमा ४० हजार बम समावेश हुने बताइएको छ।
यी बमहरू गाजामा ठूलो मानवीय क्षति हुन सक्ने चिन्ताका कारण दुई वर्षअघि बाइडेन प्रशासनले रोक लगाएको थियो। तर ट्रम्प प्रशासनले पुनः त्यसको आपूर्ति अघि बढाउन लागेको हो।
गाजामा जारी युद्धका बीच प्रस्तावित सम्झौताले अमेरिका–इजरायल सैन्य सम्बन्ध अझ मजबुत रहेको संकेत दिएको विश्लेषण गरिएको छ। इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला यो निर्णय सार्वजनिक भएको हो।
सन् २०२३ मा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धमा हालसम्म ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ। युद्धविराम प्रयास जारी रहे पनि क्षेत्रीय तनाव पूर्ण रूपमा कम हुन सकेको छैन।
https://english.aawsat.com/world/5318831-us-plans-send-powerful-bombs-israel-28-billion-weapons-sale