Sunday 13th July 2025

गजल -धर्मिला कार्की


तिमीसँगै प्रित गाँसी शहरमा डुल्न मन छ ।
मनको भारी बिसाएर पिर ब्यथा भुल्न मन छ ।।

जोडी ढुकुर कुर्लिए झैं वर पिपलको छहारीमा
तिम्रो काखमा निदाएर दायाँबायाँ झुल्न मन छ ।।

तिम्रै नामको मेहेन्दी लगाएर हराभरा भई
त्यो मनको बगैँचामा गुलाफ झैं फुल्न मन छ ।।

बाँच्नु पर्छ हाँसी खुशी दुनिया रंगीन बनाउदै
शरद मासमा बिहानीको आकाश झैं खुल्न मन छ ।।

मनमुटु समर्पित गरें चोखो माया गाँस्नलाई
जिन्दगी नै धितो राखी साँवा ब्याज असुल्न मन छ ।।

-धर्मिला कार्की
इनरुवा-६ , सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...