Monday 3rd August 2026

गजल -धर्मिला कार्की


तिमीसँगै प्रित गाँसी शहरमा डुल्न मन छ ।
मनको भारी बिसाएर पिर ब्यथा भुल्न मन छ ।।

जोडी ढुकुर कुर्लिए झैं वर पिपलको छहारीमा
तिम्रो काखमा निदाएर दायाँबायाँ झुल्न मन छ ।।

तिम्रै नामको मेहेन्दी लगाएर हराभरा भई
त्यो मनको बगैँचामा गुलाफ झैं फुल्न मन छ ।।

बाँच्नु पर्छ हाँसी खुशी दुनिया रंगीन बनाउदै
शरद मासमा बिहानीको आकाश झैं खुल्न मन छ ।।

मनमुटु समर्पित गरें चोखो माया गाँस्नलाई
जिन्दगी नै धितो राखी साँवा ब्याज असुल्न मन छ ।।

-धर्मिला कार्की
इनरुवा-६ , सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट…

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

प्रतिकृयाहरू
...