Sunday 4th October 2026

गजल -धर्मिला कार्की


नारीलाई खेलौना झैं नठान ए लोग्नेमान्छे ।
राज्यको दोस्रो दर्जा झैं नमान ए लोग्नेमान्छे ।।

नारी बिना तिम्रो अस्तित्व नै सम्भव नहुँदा
दिनदिनै कोपिलालाई छुरा नहान ए लोग्नेमान्छे ।।

कुनै पनि क्षमताको कमी नै छैन नारीमा
अवसरको चाल्नीमा नछान ए लोग्नेमान्छे ।।

एक्काइसौं शताब्दीको वैज्ञानिक युग हो यो
सति प्रथाको जमानामा नतान ए लोग्नेमान्छे ।।

नारी हक अधिकारका ठूलाठूला भाषण त छाँट्छौ
तर घरकै नारी मनसँग छौं अन्जान ए लोग्नेमान्छे ।।

-धर्मिला कार्की
इनरुवा-६, सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...