Thursday 29th October 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


स्वार्थ पुरा गर्न गालैमा चाट्दो रहेछ मान्छे ।
पिठो सँग पनि चामल साट्दो रहेछ मान्छे ।
आफ्नो चाहना पुरा भएपछि निर्दयी बनेर
पवित्र सम्बन्धको डोरी काट्दो रहेछ मान्छे ।

चोटैचोट छन् मुटुमा अथाह जन्मभूमि छोड्नेहरुको पीडा ।
आफ्नो बनाई बिरानो पराई जनसँग नाता जोड्नेहरुको पीडा ।
भन्ने कहाँ होला ‌मनको व्यथा सुनाउने कसलाई हो?
बुझिदिने कस्ले धर्ती ओछ्याएर आकाश ओड्नेहरुको पीडा ।

दुष्ट कोरोना भाग् मुख मोड्ने दिन आयो अब ।
तेरो जालो माहामारीको तोड्ने दिन आयो अब ।
पापको घडा भरियो तेरो ज्यादतीले दुनियाँ मा
मानवले जस्तै तेरो धर्ती छोड्ने दिन आयो अब ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...