Wednesday 7th October 2026

औषधिय गुण बोकेको तरकारी चुकन्दर


तीतोपाटी – चुकन्दर एक जडिबुटी हो। यो बीटा वल्गारिस भनिने प्रजातिको तरकारी हो । विश्वका धेरै स्थानहरूमा यसको जरा काँचै वा पकाएर खाने गरिन्छ। यसलाइ अन्य तरकारीहरूसँग र अचार बनाएर पनि खान सकिन्छ। यसको पातलाइ सागको रूपमा खान सकिन्छ । चुकन्दर हाम्रो लागी निकै लाभदायक तरकारी हो । यो तरकारी सबै उमेरका मानिसका लागी उपयोगी छ । भनिन्छ प्रचिन कालमा यो तरकारीको प्रयोग यौन समस्या समाधान गर्न गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ ।

चुकन्दरले शरीरमा अक्सिजन बढाउने भएकाले नै मस्तिष्क शक्ति राम्रो हुन्छ । चुकन्दर खादा शरिरमा रगतको कमि हुदैन । यसमा धेरै नै पौष्टिक तत्वहरु पाइन्छ । रातो रँगको हेर्दा निकै लोभलाग्दो देखिने चुकन्दरका धेरै नै फाइदा छन् । चुकन्दरमा भएको फलाम, भिटामिन र खनिज तत्वहरूको कारण यसलाइ औषधीको रूपमा प्रयोग गरिन्छ।

चुकन्दर खानु स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ । भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र ह्दयाघातको जोखिम हुँन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ । चुकन्दरलाइ जुसको रूपमा सेवन गर्दा धेरै प्रभावकारी हुने अध्ययनले देखाएको छ भने क्यान्सर जस्तो घातक रोगलाइ न्यूनिकरण गर्न पनि चुकन्दर खानु उत्तम मानिन्छ । चुकन्दरमा फलिक एसिड उच्च मात्रामा पाइने हुनाले गर्भवती र शिशुको लागि निकै उपयोगी हुन्छ । यसले गर्भवतीलाई अतिरिक्त उर्जा पनि दिन्छ । यो खानाले बिर्सने रोगबाट पनि आराम पाउन सकिन्छ ।

यति धेरै औषधिय गुण भएर पनि चुकन्दरले मृगाैलाको पत्थरी  भएका र शरीरमा अाइरन तत्व बढि भएका मानिसका लागि भने फलदायी हुँदैन ।

हेर्नुहोस चुकन्दर खानुका फाइदाहरू

–हर्मोन उत्पादनमा सहयोग पुर्‍याउछ,

–अर्वुध रोग (क्यान्सर) नियन्त्रण गर्न सहयोग पुर्‍याउछ,

–शरीरमा अक्सिजनको वृद्धि भइ मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउछ,

–चुकन्दरले अल्जाइमर(स्मरण क्षय) हुनबाट बचाउँछ,

–रक्तचाप बढी भएका व्यक्रिले चुकन्दर खादाँ रक्तचाप नियन्त्रण हुन्छ,

–हृदयघातको जोखिमबाट बचाउँछ,

–शरीरमा रगतको कमी हुन दिदैन,

–रक्तअल्पता हुनबाट बचाउँछ,

–गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ

 


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...