Sunday 4th October 2026

कविताः के अचम्म मान्नु खै? -नारायण कोइराला


हार्ने र जित्नेको मतलब यहाँ भएन
को हो?सक्षम त्यसको त झन अर्थ रहेन
आफ्नो पदको लागि हर कुरामा सम्झौता
जो छ चाकरीवाद उही हुन्छ यहाँ विजेता ।।

हारे पनि माथि जिते पनि माथि के मतलब यहाँ
बाचा र कसम पद सँग खान्छन् किन?हो यहाँ
जता गयो ह्वात्तै बढ्यो भ्रष्टाचारीको महिमा
को हो? यसको नाइके हुँदैन पहिचान यहाँ ।।

राजधानी सर्यो यो कुनै मुद्दा होइन
के सम्झौता भयाे अब बुझ्न गाह्रो भएन
भ्रष्टाचारले भिज्दा पनि केही फरक परेन
शक्तिको अगाडि हाम्रो केही लागेन ।।

अर्थको कुण्डमा होमिन पाउँदा मन त खुसी भा होला
जनताहरू सडकमा रुँदा पनि नेतालाइ मालामाल झोला
हामी सधै कति बोली रहनु अन्धा छन यहाँ सबै
के अचम्म मान्ने खोइ? परम्परा भो यहाँ यस्तै ।।

नारायण कोइराला
तानसेन पाल्पा

हाल युएई


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...