Monday 14th July 2025

परदेशीको दशै पीडा


तितोपाटी- बसेको होलान घरमा आमा बुवा जमरा छरेर
परदेशी छोरो सम्झिदै रुदै होलान मुर्छा परेर।
सोचेको थिए दशैमा आउन्छु टीका जमरा लगाउन
बिदेश मा अलपत्र परेको छु सकिन धन कमाउन।।
गाउँ मा सबैको मनमा भको होला खुसी र हर्ष
त्यतीकै खेर जानी भो घरमा टीका जमरा यो वर्ष।।
मुछ्दै होलीन टीका आमाले आँसुको धाराले
परदेशमा बसि दुख पाका छन दाजुभाइ साराले।।
खरको छानो टिनले छाउन्छु भन्दै सपना बोकेर
परदेशी भुमिमा बसेको छु हत्केला ले मुख छोपेर।।
घर आउन्छु भन्दै कम्पनीमा बसेको थिए छुट्टी मागेर
दुखी को जिन्दगी आउन पाईन कोरोना लागेर।।
एस के चौलागाई
हाल- कुबेत


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...