Monday 26th October 2020

ए झरि! -सरिता कोइराला


म मौन नियालिरहेछु तिमीलाई
तिमी एक तमासले झरिरहेछौ
जुन चिजमा तप्प तप्प भएर ठोकिन्छौ
फरक फरक ध्वनीराग फहराउँछौ

झरि नामले नामाकृत छौ तिमी
दिनरात केही नभनि निरन्तर झरिरहेछौ
कहिले शान्तपूर्वक त कहिले गड्गडाहट
रूप फेर्दै निथ्रुक्कै भिजाएर धर्तीलाई रुझाईरहेछौ ।

कतै भेल, कतै बाढी, कतै पहिरोले साथ भर्दा
प्राकृतिक प्रकोप मात्र होइन मानवीय खती हुँदा
चसक्क दुख्छ मन तिमी यसरी निरन्तर बर्सिरहँदा
साँझ मीठो मसिनो खानाले पेट भरी
मीठो निन्द्रामा निदाएका निर्दोष तनहरु
सुनौलो बिहानीमा मुस्कुराउँदै उठ्न नपाउँदै
हिलो र माटोमा लत्पतिएर
चिर निन्द्रामा यात्रा तय गरेका घटनाहरु
मन नै त्यसै भावुक बनाई आँखाहरु रसाईरहेछन् ।

“तिमी पापी हौ” भनेर दोष दिन्न म तिमीलाई
तिमी एक प्रकृया हौ, जुन निरन्तर छौ वर्षौवर्षदेखि
आफ्नै रफ्तारमा तिमी आफू चलिरहेछौ, चलिरहनेछौ
तर, तिमी बहने पहरा, खोलानाला, नदिताल साँघुरिदा
यहाँ मानव कै खतीउपतीमा तिमी दोषी ठहरिरहेकाेछौ ।

हे मानव! हाम्रै लोभलालसाले हो है
बिपत्तिका घटना बढिरहेका आज
झरि त एक साध्य हो, हामी त्यसको साधन
अब त बुझौ है, बढ्न नदिउँ यस्ता दुखद् घटनाक्रम !!

-सरिता कोइराला
पाँचखाल – २, अनैकोट
हालः बानेश्वर काठमाडाैं ।


Loading...
सम्बन्धित शीर्षकहरु

हिमालकी छोरी बनी जन्मिएकी शैलपुत्री । सबै शक्ति संभावना बोकिकन मनैभरी । आरधना गरेदेखि मनकामना पूर्ण हुने । धनधान्य, आरोज्ञसाथ…

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सामा पार्टीका कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गर्न…

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर…

प्रतिकृयाहरू