Thursday 22nd October 2026

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ ।  यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन ।

स्वास्थ्य तथा जनसंख्याका अनुशार कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका १ महिला र ३ पुरुष गरी ४ जना रहेका छन् । भने धनुषाका २ पुरुष, भक्तपुरका १ महिला र १ पुरुष गरी २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मोरङकी, सुनसरी, धादिङका १ –१ महिलाको मृत्यु भएको छ । झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीका १ –१ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...