Wednesday 26th August 2026

तीन फरक मुक्तकहरू -राम भण्डारी


आजभोलि चुचुरोको फेदमा झरेर बसेको छु ।
पुनःचढ्ने आशामा केहि पर सरेर बसेको छु ।
के पुरा होला र? मेरो गन्तव्यमा पुग्ने चाहना
फेरि उहि बाटो फर्कने इच्छा गरेर बसेको छु ।

चामल हैन बोल्नेले पिठो नै बिकाउन सक्छ ।
साँचो भन्दापनि यहाँ झुट नै टिकाउन सक्छ ।
जिन्दगी को उतारचढावमा हरेस नखानुहोस्
हारले नै मानिसलाई जित्न सिकाउन सक्छ ।

कसरि भनौं मेरो आँखामा हिँजो कै चित्र छ ।
ह्रदय भरि हरदम त्रास सँगै प्यास बिचित्र छ ।
न त कोहि सुनिदिन्छ न त हेर्दा देख्छ कसैले
बाहिर शान्त देखिन्छु कोलाहल मन भित्र छ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...