Wednesday 28th October 2026

तीन फरक मुक्तकहरू -राम भण्डारी


आजभोलि चुचुरोको फेदमा झरेर बसेको छु ।
पुनःचढ्ने आशामा केहि पर सरेर बसेको छु ।
के पुरा होला र? मेरो गन्तव्यमा पुग्ने चाहना
फेरि उहि बाटो फर्कने इच्छा गरेर बसेको छु ।

चामल हैन बोल्नेले पिठो नै बिकाउन सक्छ ।
साँचो भन्दापनि यहाँ झुट नै टिकाउन सक्छ ।
जिन्दगी को उतारचढावमा हरेस नखानुहोस्
हारले नै मानिसलाई जित्न सिकाउन सक्छ ।

कसरि भनौं मेरो आँखामा हिँजो कै चित्र छ ।
ह्रदय भरि हरदम त्रास सँगै प्यास बिचित्र छ ।
न त कोहि सुनिदिन्छ न त हेर्दा देख्छ कसैले
बाहिर शान्त देखिन्छु कोलाहल मन भित्र छ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...