Wednesday 7th October 2026

आज संविधान दिवस


तितोपाटी – नेपालमा नयाँ संविधान जारी भएको आज पाँच वर्ष पूरा भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवस सम्बन्धी एक विशेष समारोह हुने भएको छ ।

२०७२ असोज ३ गते संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटाैँ वर्ष प्रवेशका अवसरमा यो समारोह आयोजना हुन लागेको हो । यस विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुनेछन् ।

विशेष समारोहमा बिहान ९ः५० बजे प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने कार्याक्रम छ भने नेपाली सेनाको टुकडीले केही कार्यक्रम मात्रै प्रस्तुत गर्ने तयारी छ । यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परा रहे पनि यसपटक कोरोना भाइरसको महामारीका कारण विशेष समारोहमा भीडभाड गरिने छैन । त्यसैले त्यहाँ मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्तित्व पनि सहभागी हुने छैनन् ।

संविधान दिवसको अवसरमा सरकारले २८९ जना कैदीको भुक्तान गर्न बाँकी कैद मिनाहा गरि कैदमुक्त गरेको छ ।

 


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...