Monday 5th October 2026

लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज ५ गते देखि सुचारू गर्ने


तितोपाटी – नेपाल सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सुचारू गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

सरकारले चैतमा लकडाउन घोषणा गरे यता आन्तरिक उडान बन्द गरेको थियो भने यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।

त्यसै गरि बहु प्रतिक्षित नेपाल विद्युत प्राधिकरणको निर्देशक पदमा कुलमान घिसिङलाइ पुनः नियुक्ति गर्ने वा नयाँ व्याक्तिलाइ नियुक्ति दिने विषयमा अाजको मन्त्रीपरिषद् बैठकमा कुनै निर्णय हुन सकेन ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...