Wednesday 28th October 2026

सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो अपडेटः ११ जनाको शब भेटियो, अझै २० बेपत्ता


तितोपाटी – सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङमा हिँजो शनिबार मध्यरातमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। पहिरोमा अझै २० बेपत्ता छन्। प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक रहेका छन् ।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विक रहेका छन् । पहिरोमा बेपत्ता २० जनाको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ ।

उक्त पहिरोले  भिरखर्कका १० र नागपुजे गाउँका ७ घर बढारेर लगेको छ । बाक्लो बस्ती रहेको नागपुजेमा धेरै जनधनको क्षति पुगेको प्रहरी जनाएको छ ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेपत्ताको खोजी जारी राखेको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । सभामुख सापकोटा स्थलमार्ग हुँदै घुम्थाङ पुगेका हुन् । सभामुख सँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...