Monday 5th October 2026

सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो अपडेटः ११ जनाको शब भेटियो, अझै २० बेपत्ता


तितोपाटी – सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङमा हिँजो शनिबार मध्यरातमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। पहिरोमा अझै २० बेपत्ता छन्। प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक रहेका छन् ।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विक रहेका छन् । पहिरोमा बेपत्ता २० जनाको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ ।

उक्त पहिरोले  भिरखर्कका १० र नागपुजे गाउँका ७ घर बढारेर लगेको छ । बाक्लो बस्ती रहेको नागपुजेमा धेरै जनधनको क्षति पुगेको प्रहरी जनाएको छ ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेपत्ताको खोजी जारी राखेको छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । सभामुख सापकोटा स्थलमार्ग हुँदै घुम्थाङ पुगेका हुन् । सभामुख सँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...