Monday 5th October 2026

कुलमानको ४ वर्षै कार्यकाल आज सकिंदै, सरकारले पुनः नियुक्ति वा नयाँ नियुक्तिबारे निर्णय गरेन


तितोपाटी – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन् तर सरकारले कुलमानलाइ नै दोश्रो कार्यकालको लागि निरन्तरता दिने नयाँ निर्देशक नियुक्त गर्ने बारे अहिले सम्म कुनै निर्णय गरेको छैन ।

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने कुरा टुंगिएको छैन । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले उनको नियुक्ति गरेका थिए ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए । यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिका माग भइरहेका छन्।

कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दोहोर्‍याउने गरी प्रस्ताव पुगेको छैन । मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।

 

 


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...