Monday 14th September 2026

तीन समसामयिक मुक्तकहरू -राम भण्डारी


समयसँगै चल्ने एउटा बलियो घडी बनाई दिनुहोस् ।
पापी कोभिडलाई बाँध्ने हतकडी बनाई दिनुहोस् ।
यस्तो महामारीलाई पृथ्वीतल बाटै भगाउनलाई
लौन भगवान! एउटा जादुको छडी बनाई दिनुहोस् ।
‌‌ ‌

पृथ्वी भरि महामारीले सगरमाथा टेकेको छ ।
हाम्रो भविष्यलाई कालो बादलले छेकेको छ ।
भोलि वा पर्सि होईन सताईरहन्छ हरेक क्षण
मर्ने बाँच्ने के ठेगान ऋणले ढाड सेकेको छ ।

जिवित छँदै मनका ईच्छा मार्नु हुँदैन ।
आँखा बाट मोतीका दाना झार्नु हुँदैन ।
संघर्ष गर्दै जाऔं दृढ अठोटका साथ
जिवनलाई घर न घाटको पार्नु हुँदैन ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाण्डु ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...