Friday 30th October 2026

राजधानी उपत्यकामा निषेधाज्ञा खुकुलो भयो, व्यापार/व्यावसाय र यातायात संचालन हुने


तितोपाटी – देशको राजधानी काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे भएकाे छ । गत भाद्र ३ गते देखि जारी निषेधाज्ञा भाद्र ३१ सम्मको लागि लम्ब्याइए पनि यातायात र व्यापार/व्यवसाय क्षेत्र भोलि बिहिबारदेखि खोल्न पाउने गरि निषेधाज्ञालाइ खुकुलो बनाइएको छ ।

निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । ।

दैनिक उपभोग्य बस्तुका पसलहरू बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ । अन्य व्यावसायमा सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

तर होटल, रेष्टुरेन्ट, सिनेमा हल, हेल्थ क्लब तथा अन्य मनोरञ्‍जन स्थल,  शैक्षिक संस्था,  लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

जानकारीको लागि निषेधाज्ञा जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...