Monday 5th October 2026

गजल -राम भण्डारी


त्रासले हिमाल पहाड तराई जलेको छ ।
देशै भरि अमृत बृक्षमा विष फलेको छ ।।

मन मान्दैन आँखा चिम्लन हेर्छु चिहाएर
लाग्छ तन-मन भित्रैबाट सबै गलेको छ ।।

शरीर जिरिङ्ग बनाई दिन्छ तातो स्पर्शले
जस्तै मरुभूमिको रेतमा हुरी चलेको छ ।।

खोजी रहें क्षितिज पारी केहि देखिएन
लाग्यो गगनचुम्बी महल पनि ढलेको छ ।।

हार स्विकार छैन मुठ्ठी श्वास रहुन्जेल
मनमा आशाको दियो अझै बलेको छ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाण्डु ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...