Monday 26th October 2026

गजल -राम भण्डारी


त्रासले हिमाल पहाड तराई जलेको छ ।
देशै भरि अमृत बृक्षमा विष फलेको छ ।।

मन मान्दैन आँखा चिम्लन हेर्छु चिहाएर
लाग्छ तन-मन भित्रैबाट सबै गलेको छ ।।

शरीर जिरिङ्ग बनाई दिन्छ तातो स्पर्शले
जस्तै मरुभूमिको रेतमा हुरी चलेको छ ।।

खोजी रहें क्षितिज पारी केहि देखिएन
लाग्यो गगनचुम्बी महल पनि ढलेको छ ।।

हार स्विकार छैन मुठ्ठी श्वास रहुन्जेल
मनमा आशाको दियो अझै बलेको छ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाण्डु ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...