Sunday 4th October 2026

नेपालमा कोरोनाको कारण एकै दिन थप १२ जनाको मृत्यु, मर्नेको कुल संख्या १९५


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यो एकै दिन मृत्यु पुष्टि भएको अहिले सम्म कै सबैभन्दा धेरै सङ्ख्या हो। यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरू विभिन्न ११ जिल्लाका रहेका छन् । तीमध्ये चार महिला र आठ पुरुष छन्।

मन्त्रालयका अनुसार मोरङमा ५६ र ६५ वर्षीया दुई महिला तथा भक्तपुरमा ६४ र मकवानपुरमा ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

त्यसैगरी उदयपुरमा ५२ वर्षीय, पर्सामा ७२ वर्षीय, धनुषामा ४५ वर्षीय, सिराहामा ५५ वर्षीय, झापामा ८३ वर्षीय, चितवनमा ५१ वर्षीय, कास्कीमा ५२ वर्षीय र रूपन्देहीमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

यस अघि भाद्र ५ गते र भाद्र १० गते ११-११ जनाको मृत्यु भएको थियो


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...