Saturday 24th October 2026

सुसेली -हरि शर्मा (गलकोटे कवि)


सुसेली – यो परापूर्व कालदेखि चली आएको छोटो टुक्का रुप हो । यसलाई लय मिलाईकन मजासँग गाउन मिल्छ । यसको बनोट हाइकु जस्तै भए पनि हाईकु भने पटक्कै हैन । हाईकुको आफ्नै बिशेषता र महत्व छ । यदि इक्षा भो भने मैले श्रोत उपलब्ध गराउने छु आगामी अङ्कमा ।
नम: शिवाय:
ॐ नमो भगवते
बासुदेवाय: ।

आज बिहान
सबै प्रिय साथीमा
गरें नमन ।

लेख्छु सुसेली
अरु छैन कोसेली
मेरो हवेली।

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।

भूलचुकमा
क्षमा पक्कै मिल्नेछ
कसो सज्जन ?

लेखौँ सज्जन
हैन म त दुर्जन
गर्ने गर्जना ।

-हरि शर्मा (गलकोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...