Tuesday 13th October 2026

कुवेतबाट अगष्ट २८ र ३१ मा दुई चार्टर उडान हुँदै, पिसिआर अनिवार्य छैन


हरि कृष्ण न्यौपाने- नेपाल एयरलाइन्सले कुवेतमा समास्यामा परेका नेपालीहरुका लागि अगष्ट २८ र ३१ तारिक २ वटा चार्टर उडान गर्ने भएको छ।नेपाली राजदूतावासले आज एक सुचना मार्फत उडानको बारे जानकारी गराएको हो।यसै बिच यो उडानबाट फर्किने कामदारहरुको लागि कोरोना परिक्षण (पिसिआर टेस्ट) अनिवार्य गरिएको छैन।
नेपाली राजदूतावास कुवेतको सुचना अधिकारी तथा द्वित्तिय सचिब जानकी ओझाले भनिन, “कोरोना परिक्षण अनिवार्य गरिएको छैन तर टिकट लिने समयमा ट्राभल एजेन्सी वा नेपाल एयरलाइन्ससंग कुरा गरेर उनिहरु मार्फत नेपाल सरकारले तोकेको सात दिनको होटल क्वारेन्टाइनको पैसा फर्किने कामदार स्वयंले बेहोर्नु पर्ने छ।” उनले थपिन, “यस अघि नेपाल एयरलाइन्सको टिकट लिएर क्यान्सिल भएकाहरुले समेत एयलाइन्स संग समन्वय गरि आउने उडानमा आफ्नो सिट सुरक्षित गर्न सक्ने छन।”

कुवेतमा कोरोन परिक्षण कहाँ गर्न सकिन्छ ??
नेपाल सरकारले अहिले यो चार्टर उडान मार्फत फर्किने यात्रुहरुले सम्बन्धित मुलुकमै कोरोना परिक्षण (पिसिआर) गरेर नेगेटिभ रिपोर्ट बढिमा (७२ घन्ट भित्रको)ल्याएमा उनिहरु सिधै होम क्वारेन्टाइनमा जान सक्ने बताएको छ।त्यसैले नेपाल जाने तयारीमा हुनुहुन्छ भने पहिले टिकट काटेपछी कुवेतको निम्न संस्थाहरुबाट कोरोना परिक्षण गरे तपाईं सिधै होम क्वारेन्टाइनमा जान सक्नु हुन्छ।नत्र दैनिक १८०० देखि ९००० सम्मको सरकारले तोकेको होटलहरुमा सात दिनको क्वारेन्टाइन बुकिङ गर्नु पर्ने हुन्छ।

ग्लोबल मेड क्लिनिक जाबृया- मजाया टावर- तेश्रो तल्ला-शुल्क-२७ केडि-रिपोर्ट २ दिन देखि ३ दिन भित्र पाइने।
मेट्रो मेडिकल साल्मिया वा फर्वानिया- शुल्क-२८ केडि-रिपोर्ट २ देखि दिन भित्र पाइने।

माथि उल्लेख गरिएका क्लिनिकहरु बाहेक कुवेतमा अन्य क्लिनिकहरुले पनि कोरोना परिक्षण गर्ने गरिरहेका छन।आफूलाई जहाँ सहज र सजिलो हुन्छ त्यहाको क्लिनिकहरुबाट कोरोना परिक्षण गर्न सक्नु हुनेछ।
टिकटको लागि कहाँ सम्पर्क गर्ने?
टिकटका लागि अस्मिता सुबेदि मोबाइल नं-९८४९३२१३८५(भाइबर/ह्वाट्सप समेत) वा नेपाल एयर्लाइन्सको अफिसमा आफ्नो परिवारको सदस्य पठाएर वा न्यूरोड काठमान्डौं फोन नं-०१-४२४८६२५ मा सम्पर्क गर्न सक्नु हुनेछ।थप जानकारीका लागि नेपाली राजदूतावास कुवेतको हटलाइन नं-९८८६९१२१ सम्पर्क गर्न सक्नु हुनेछ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...