Thursday 1st October 2026

तिज गीत – हरि शर्मा (सुबेदी)


दुईटा शुन्य भएको कस्तो रैछ बर्ष यो – कोरोना बोकेर आयो बरिलई।
दु:खको कुरा गर्दा दु:ख बढी जान्छ – कोठामा भए नि हाँस बरिलई।१।

अर्को साल त के कसो हुने हो – अहिलेको तिजमा नाच बरिलई।
अनेक कष्ट, कहरको बीचमा – बारुले कम्मर भाँच बरिलई।२।

टिकटकको जमाना चल्दैछ आज यो- फोनमा गित लगाऊ नाच बरिलई।
दूध पिउने हैनओखती छैन – संसारमा गोरु ब्यायो बरिलई।३।

मान्छेलाई देख्दा खेरी मान्छे नै तर्सिने – यो कस्तो जीवाणु आयो बरिलई
आमादेखी भागी-भागी पर-पर दगुर्ने – यो कस्तो सकस आयो बरिलई।४।

मुख छोप्ने मोहोलो छ मान्छे चिनिँदैन – आफन्त बाघ झैँ लाग्यो बरिलई।
दिदी लिन जाऊ बाबु भन्नुभयो आमाले – मेरो भाइ डरले भाग्यो बरिलई।५।

-हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...