Friday 23rd October 2026

तिज गीत – हरि शर्मा (सुबेदी)


दुईटा शुन्य भएको कस्तो रैछ बर्ष यो – कोरोना बोकेर आयो बरिलई।
दु:खको कुरा गर्दा दु:ख बढी जान्छ – कोठामा भए नि हाँस बरिलई।१।

अर्को साल त के कसो हुने हो – अहिलेको तिजमा नाच बरिलई।
अनेक कष्ट, कहरको बीचमा – बारुले कम्मर भाँच बरिलई।२।

टिकटकको जमाना चल्दैछ आज यो- फोनमा गित लगाऊ नाच बरिलई।
दूध पिउने हैनओखती छैन – संसारमा गोरु ब्यायो बरिलई।३।

मान्छेलाई देख्दा खेरी मान्छे नै तर्सिने – यो कस्तो जीवाणु आयो बरिलई
आमादेखी भागी-भागी पर-पर दगुर्ने – यो कस्तो सकस आयो बरिलई।४।

मुख छोप्ने मोहोलो छ मान्छे चिनिँदैन – आफन्त बाघ झैँ लाग्यो बरिलई।
दिदी लिन जाऊ बाबु भन्नुभयो आमाले – मेरो भाइ डरले भाग्यो बरिलई।५।

-हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

प्रतिकृयाहरू
...