Saturday 3rd October 2026

कोरोना संक्रमण बढेपछि काठमाडाैं उपत्यकामा १ हप्ताको लागि निषेधाज्ञा जारी


तितोपाटी – नेपालमा एकै दिन १ हजार भन्दा बढि कोरोना संक्रमित र राजधानी उपत्यकामा २०० भन्दा बढि संक्रमित थपिएपछि काठमाडाैं उपत्यकामा भाद्र ३ गते बुधबार मध्यरात देखि १० गते देखि १ हप्ताको लागि काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार मध्यरात १२ बजेबाट एक साताका लागि उक्त निर्णय गरेको हो।

निषेध गरिएको अवधिमा औषधि, खाद्यान्नजस्ता अत्यावश्यकीय वस्तुको खरिदका लागि बाहेक घरबाहिर निस्कन नपाइने तीनवटै जिल्ला प्रशासन कार्यालयले वेबसाइटमा राखेको आदेशमा उल्लेख गरिएको छ।

अत्यावश्यकीय सेवामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय र अत्यावश्यकीय सामग्रीको ढुवानीबाहेक सवारी सञ्चालनमा पनि रोक लगाइएको छ। नियमित सवेा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १०ः३० बजेस्म्म र बेलुका ३ देपिख साढे ५ः३० बजेसम्म आवागन गर्न सक्नेछन् ।

त्यसबाहेक अहिले सञ्चालनमा रहँदै आएका सबै खालका उद्योग, व्यवसाय, पसल, रेस्टुरेन्टहरू पनि बन्द हुनेछन् भने बैंकहरूले न्यूनतम कर्मचारीमार्फत् स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेरमात्रै सेवा दिन पाउनेछन्। तीनवटै जिल्लामा अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक कुनै सवारी साधन प्रवेश गर्न नपाउने आदेशमा उल्लेख छ। त्यसबाहेक तीनवटै जिल्लामा कुनै पनि निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन पनि चलाउन पाइने छैन।

सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै गत वर्ष चैत ११ गतेबाट लकडाउन गरेको थियो। करिब चार महिनासम्म लकडाउन गरेपछि श्रावण ६ गते लकडाउनको अन्त्य गरेको थियो ।

काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाः

 

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाः

 

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाः

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...