Friday 30th October 2026

नेपालमा पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो


तितोपाटी – नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको हो । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो ।

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ । हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ । अझै पनि सीमावर्ती भारतीय बजार रक्सौल भन्दा वीरगञ्जमा पेट्रोल ३०.७१ रुपैंया र डिजेल ३७.२७ रुपैंया सस्तो रहेको निगमले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...