Saturday 3rd October 2026

सिन्धुपाल्चोकको लिदी पहिरो अपडेटः १६ जनाको शब भेटियो, अन्य बेपत्ताको खोजी कार्य जारी


तितोपाटी – सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ। उनीहरूको सनाखतसमेत भइसकेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।

मृतकहरुको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ । बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोलीले बेपत्ताहरुको खोजी कार्य गरिरहेको छ तर सिमसिम पानी परिरहेको र पहिरोको खतरा कायमै रहेकोले उद्दार कार्य प्रभावित बनेको छ।

पहिरोमा परी घाइते जुगल गाउँपालिका २ लिदीका ९ वर्षीय रूपबहादुर दोङ, ४३ वर्षीया जुनुमाया दोङ, ६० वर्षीया केवरिङ तामाङ, २३ वर्षीया पासाङ दोङ, दावा ग्याल्बो दोङको चौतारा अस्पतालमा र करिब ५० वर्षीया यामुलामु दोङको काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...