Friday 23rd October 2026

केहि मर्मस्पर्शी मुक्तकहरू -राम भण्डारी


कोरोनाले मनमा पाप पालेर आउँछ भनि  ।
बिष्व जलाउने चिराग बालेर आउँछ भनि ।
कसलाई के थाहा यो जबरदस्त माहामारी
बिस्वासको सगरमाथा ढालेर आउँछ भनि ।

हरेक प्रहर छट्पटिन्छु मेरो ठाउँको यादले ।
भोक,तिर्खा छैन निन्द्रा मेरो गाउँको यादले ।
फर्किन्छु अब छिट्टै बाँचे भने आफ्नै देशमा
बा आमा न्यास्रे होलान् मेरो नाउँको यादले ।

चोट पर्दा खेरि आज सिन्धु रोएको छ ।
दैव लागेर फेरि आज सिन्धु रोएको छ ।
बज्रियो नि नियति लिदीको छातिमाथी
निश्चल नभ हेरि आज सिन्धु रोएको छ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...