Friday 2nd October 2026

केहि मर्मस्पर्शी मुक्तकहरू -राम भण्डारी


कोरोनाले मनमा पाप पालेर आउँछ भनि  ।
बिष्व जलाउने चिराग बालेर आउँछ भनि ।
कसलाई के थाहा यो जबरदस्त माहामारी
बिस्वासको सगरमाथा ढालेर आउँछ भनि ।

हरेक प्रहर छट्पटिन्छु मेरो ठाउँको यादले ।
भोक,तिर्खा छैन निन्द्रा मेरो गाउँको यादले ।
फर्किन्छु अब छिट्टै बाँचे भने आफ्नै देशमा
बा आमा न्यास्रे होलान् मेरो नाउँको यादले ।

चोट पर्दा खेरि आज सिन्धु रोएको छ ।
दैव लागेर फेरि आज सिन्धु रोएको छ ।
बज्रियो नि नियति लिदीको छातिमाथी
निश्चल नभ हेरि आज सिन्धु रोएको छ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...