Friday 4th September 2026

सिन्धुपाल्चोकको लिदी पहिरो अपडेटः बेपत्ता ३८ मध्ये ११ जनाको शब निकालियो, ३७ घरमा क्षति


तितोपाटी – सिन्धुपाल्चोकको लिदीमा बिहिबारदेखिको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएकोमा अहिले सम्म ११ जनाको शब निकालिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार  चार पुरुष, दुई महिला र पाँच बालकको शव भेटिएको हो । मृतकहरूको सनाखत हुन सकेको छैन ।

बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री र सानुकान्छी दोङ, दन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ बेपत्ता छन् ।

अविरल वर्षापछि गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिएका छन् ।पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी छ । पानी पर्न थालेकोले पहिरो बग्दा उद्दारमा कठिनाइ भएको छ । पहिरोमा परेका भनिएका ३८ जना मध्ये ११ जनाको शब निकालिए पुरिएकाहरूको संख्या अझै यकिन हुन सकेको छैन ।

आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिरो गइ ठूलो जनधनको क्षति भएको पहिरोग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका छन् । पाँच घाइतेलाई उद्दार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्‍याइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...