Wednesday 28th October 2026

नेपालमा कोरोनाको कारण कुल २५५५१ संक्रमित, जम्मा ९९ जनाको मृत्यु, १७०७७ जना निको भए


तितोपाटी – विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २५५५१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८३७५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४० जना कोरोना जितेर घर फर्केका छन् भने  ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १७०७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि  मोरङ र सिरहामा १—१ र बारामा २ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ । गएको २४ घण्टामा ११,५७५ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ४ लाख ९४ हजार ६ सय  १३ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

हाल कोरोना संक्रमितको उपचारको लागि देशभर ९४२ अाइसियु बेड र ४९६ वटा भेन्टिलेटर रहेका छन् भने अाइसियुमा ९८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा बताइएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ११ लाख ३७ हजार भन्दा बढि संक्रमित भइ १ करोड ३९ लाख ४९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ५८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...