Monday 22nd June 2026

कोरोना बिरूद्धको खोप तयार भएको रूसको घोषणा, कतै चिन्ता कतै स्वागत


तितोपाटी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार आफ्नो देशका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सबै परीक्षण प्रक्रिया पूरा गरी विश्वको पहिलो सफल खोप बनेको दाबी गरेका छन् । उनले यो खोप मानिसमा २ महिनासम्म परीक्षण गरिएको र सबै सुरक्षाका मानकमा खरो उत्रिएको दाबी गरेका छन् । यो खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले अनुमति दिइसकेको छ । अब यो खोप ठूलो संख्यामा मानिसलाई लगाउन सुरु गरिने बताइएको छ ।

रुसका राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमार्फत माकोस्थित गेमालेया इन्स्टिच्युटमा विकास गरिएको यो खोप पूरै रूपमा सुरक्षित रहेको र आफ्नी छोरीमा समेत यो खोप दिएको घोषणा गरेका छन् ।

तर वैज्ञानिक जगत भने रुसले यति चाँडै खोप बनाएको भन्ने कुरा सशंकित र चिन्तित भएका छन् । खास गरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाले यो खोपलाई लिएर सतर्क रहन भनेका छन् ।

रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई “बिल्कुलै आधारहीन” भनेको छ। रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खोप लगाउन सुरु गरिने योजना रहेको बताएका छन् र खोप शुरूमा चिकित्सकलाइ दिइने बताइएको छ ।

रूसले तयार पारेको खोपको विषयलाइ लिएर युरोप र अमेरिकाले चिन्ता ब्यक्त गरिरहेका बेला विश्व स्वास्थ्य सङ्गठनले यो खोपबारे समीक्षा गर्न रुसी अधिकारीहरूसँग सम्पर्क गरिरहेको बताएको छ । उक्त खोप विश्व स्वास्थ्य सङ्गठनले तेस्रो चरणको परीक्षणमा पुगेका भनी सूचिकृत गरेका ६ वटा खोपहरूको सूचिमा रहेको छैन।

यसै बिच केहि देशले रूसले खोप तयार पारेकोमा स्वागत गरेका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफैँले उक्त खोपको परीक्षण गर्ने बताएका छन्इ भने इजरायलले यदि यो “गम्भीर उत्पादन” भएमा किन्नका लागि सम्झौता गर्ने जनाएको छ।

अहिले विश्वका विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ।

-बीबीसी


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...