Wednesday 15th May 2024

कुवेतमा कोरोनाको कारण ८ नेपालीको मृत्यु


हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने” बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय गरि उनीहरुको कुवेतमै अन्त्येष्टि गरि सकिएको छ।”
नेपाली राजदूतावासका अनुसार कुवेतमा लकडाउन शुरु भए देखि हाल सम्म (मार्च-१ देखि जुलाई-३१,२०२०) कोरोना संक्रमणका कारण सहित २६ जना नेपालीको मृत्यु भएको छ।

यसै गरि कुवेतमा कोरोना बाहेकको कारण मृत्यु भएका १३ जना(१० पुरुष र ३ महिला)को शब चार्टर र आममाफीको उडान मार्फत नेपाल पठाई सकिएको छ । कोरोना संक्रमणको कारण मृत्यु हुने ८ जना र अन्य ५ जना(मृतकको परिवारसंग सहमती लिएर) गरि १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन ।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...