Wednesday 15th May 2024

सिन्धुपाल्चोकमा पहिरोले पुरेर १० जनाको मृत्यु, १ घाइते


तितोपाटी – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा सोमबार बिहानीपख पहिरो जाँदा ८ जना मजदुरको मृत्यु भइ एक जना घाइते भएका छन् भने पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार सोमबार बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको टहरो पुरिएर ज्यान गुमाएका ८ जनाको शव टहरोबाट निकालिएको छ। मृतक सबैकाे पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतकहरूमा भारतीय नागरिक राजेन्द्र चाैरसिया(४२), तथा वीरगन्जका प्रदीप चाैरसिया(३५), राजेन्द्र चाैधरी(२१), बिक्रम सिंह(२५), मानबहादुर रूम्बा(२३), सिमन घलान(२०), शीवबालक धामी(२१) र साेनम लामा(१७) छन्।

घाइते भारतीय नागरिक बारु शाहलाई उपचारको लागि हेलिकप्टरबाट राजधानी लगिएको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उनको उद्धार गरिएको थियो।

त्यसै गरि पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा सोमबार बिहान २ बजेतिर पहिरोले घर पुर्दा स्थानीय ४३ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४२ वर्षीया लक्ष्मी सिलवालको मृत्यु भएको छ ।

उनीहरूका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौं बस्छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...