Saturday 26th September 2026

सिन्धुपाल्चोकमा पहिरोले पुरेर १० जनाको मृत्यु, १ घाइते


तितोपाटी – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा सोमबार बिहानीपख पहिरो जाँदा ८ जना मजदुरको मृत्यु भइ एक जना घाइते भएका छन् भने पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार सोमबार बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको टहरो पुरिएर ज्यान गुमाएका ८ जनाको शव टहरोबाट निकालिएको छ। मृतक सबैकाे पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतकहरूमा भारतीय नागरिक राजेन्द्र चाैरसिया(४२), तथा वीरगन्जका प्रदीप चाैरसिया(३५), राजेन्द्र चाैधरी(२१), बिक्रम सिंह(२५), मानबहादुर रूम्बा(२३), सिमन घलान(२०), शीवबालक धामी(२१) र साेनम लामा(१७) छन्।

घाइते भारतीय नागरिक बारु शाहलाई उपचारको लागि हेलिकप्टरबाट राजधानी लगिएको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उनको उद्धार गरिएको थियो।

त्यसै गरि पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा सोमबार बिहान २ बजेतिर पहिरोले घर पुर्दा स्थानीय ४३ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४२ वर्षीया लक्ष्मी सिलवालको मृत्यु भएको छ ।

उनीहरूका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौं बस्छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...